Government Logo

नेपाल सरकार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

आयुर्वेद चिकित्सालय

नरदेवी, काठमाडौं, नेपाल

Nepal Flag
स्वर्ण बिन्दु प्राशन
परिचय :

सुवर्णप्राशनं ह्नोत्त मेधाम्बिलवर्धनम् । आयुष्यं मङ्गलं पुण्यं वृष्यं वर्ण्यं ग्राहाहम् ।।
मासात् परममेधावी व्याधिभिर्न च घृष्यते । षडभिमासैः श्रुतधरः सुवर्णप्राशनाद् भवेत्।।

कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहिताको लेह अध्यायमा स्वर्ण बिन्दु प्राशनको वर्णन गरिएको छ। शास्त्रीय मतानुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाहरूमा पोषणतत्व पूर्ति गरि पाचनप्रणाली सुदृढ गर्ने, स्मरणशक्ति र बौद्धिक क्षमता वृद्धि गरी बालबालिकाको शारीरिक एवं मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाई उनीहरुको सर्वाङ्गीण विकासमा मद्दत गर्दछ।

Child receiving SBP

निषेध :

नवज्वर, अतिसार, एवं आपतकालीन अवस्था (emergency condition) मा स्वर्ण बिन्दु प्राशनको सेवन गर्नु हुँदैन।


Pushya Nakshatra child
पुष्य नक्षत्र :

पुष्य नक्षत्रलाई नक्षत्रको राजा मानिन्छ। यो नक्षत्र प्रत्येक २७ दिनमा दोहोरिन्छ। नक्षत्रको दिन समयमा स्वर्ण बिन्दु प्राशनको सेवन गरेमा बालबालिकामा विशेष प्रकारको पौष्टिकता प्रदान गरि उर्जावान बनाउँछ साथै धी, धृति र स्मृतिमा वृद्धि गर्दछ। अतः स्वर्ण बिन्दु प्राशनका लागि पुष्य नक्षत्र महत्वपूर्ण मानिन्छ।

वार्षिक स्वर्ण बिन्दु प्राशन कार्यदिन - २०८३
क्र.संमहिनागते क्र.संमहिनागते
वैशाख११कार्तिक१५
जेठ०७मंसिर१३
असार०४१०पुस११
असार३१११माघ०८/०९
साउन२७१२फागुन०७
भदौ२३१३चैत०४
असोज१९१४वैशाख ०८४०१
स्वर्णबिन्दु प्राशनका लागि स्थान, उमेर, समय:
स्थान : आयुर्वेद चिकित्सालय, नरदेवी
उमेर समूह : १ बर्षदेखि ५ बर्षसम्म
समय : बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म
वेबसाइट: www.nah.gov.np
इमेल: hospitalayurveda@gmail.com
सम्पर्क नं.: ०१-४२६४२७४, ४२५६८३,
४२५९९८२, ९८५१२५५६५३
दर्ता गर्नुहोस् →